Butwal Today

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

१५ असार २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको आरोपमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

यसअघि पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?