Butwal Today

पौडेल पक्राउ प्रतिशोधपूर्ण भएको एमालेको आरोप

१४ असार २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउको कारण स्पष्ट पार्न सरकारसँग माग गरेको छ । एमाले सांसद पुष्पराज कँडेलले पार्टीका तर्फबाट उक्त विषय संसद्मा उठाएका हुन् ।

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरेको छ । एमाले सांसद कँडेलले यसलाई विगतमा केपी शर्मा ओलीमाथि लगाइएको आरोपकै अर्को रूप भएको टिप्पणी गरे ।

उनले उच्च ओहोदाका व्यक्तिलाई समेत पक्राउ गरेको देखाएर सम्पूर्ण विपक्षी दललाई तर्साउने र एमालेलाई बदनाम गर्ने उद्देश्यले यो कदम चालिएको आरोप लगाए । ‘विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमाथि प्रतिशोध साँधिएको छ,’ कँडेलले भने ।

सरकारले करका दरसम्बन्धी सूचना चुहाएर गलत काम गरिरहेको तर दोष अरूमाथि थोपर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले विष्णु पौडेललाई तत्काल रिहा गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?