Butwal Today

प्रतिनिधिसभाका सांसदलाई संसद सचिवालयले तालिम दिने

१३ असार २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्यका लागि दुईदिने संसदीय प्रक्रिया तथा अभ्याससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। सचिवालयअन्तर्गत संसदीय प्रशिक्षण शाखाले सूचना जारी गर्दै असार १५ र १६ गते सांसदहरूलाई तालिम प्रदान गरिने जनाएको हो।

प्रशिक्षण शाखाका उपसचिव बाबराम बस्यालद्वारा जारी सूचनाअनुसार पहिलो दिन असार १५ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तथा दोस्रो दिन असार १६ गते बिहान ११ बजेदेखि अपराह्न ३स्३० बजेसम्म तालिम सञ्चालन हुनेछ।

संसदीय प्रक्रिया, अभ्यास तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा प्रतिनिधिसभाका सबै सदस्यलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?