Butwal Today

नेपाली कांग्रेसका नेता अभिषेक गिरी पक्राउ

१३ असार २०८३, शनिबार
अ+
अ-

विराटनगर ।

विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरीले गिरीलाई कारागारभित्र अवैध असुली धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । बिहानैदेखि प्रहरीले उनको घर घेरा हालेर खानतलासी गरेको थियो ।

प्रहरीले गिरीको घरबाट के–कस्ता सामग्री बरामद भएका छन् भन्नेबारे भने सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु राखिएको आशंकामा छापा मारिएको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

गिरी यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक–पटक विवादमा तानिएका व्यक्ति हुन् । अपहरण मुद्दामा कारागारमा रहँदासमेत उनी विभिन्न विवादमा मुछिएका थिए ।

कैद भुक्तान गरी कारागारबाट छुटेपछि गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

उनीमाथि कैदीबन्दीबाट रकम असुली गरेको तथा भत्ता अपचलन गरेको आरोप लागेको छ । यद्यपि, अभिषेक गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?