© 2026
चितवन ।
रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्रीसमेत रहेका बुर्लाकोटीले चितवनमा जारी महाधिवेशनमा आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
यससँगै अब महामन्त्री पदका लागि ८ जना बीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
अब महामन्त्री पदका उम्मेदवारमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन् ।