Butwal Today

रास्वपाको सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित

१२ असार २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनबाट हरि ढकाल, निशा डाँगी र असिम शाह सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न मतगणनाअनुसार तीनै जना सहमहामन्त्री पदमा विजयी भएका हुन्। यसअघि महामन्त्रीमा विपिन आचार्य निर्वाचित भइसकेका छन्। रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै आगामी संगठन विस्तार, पार्टी सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेको जनाएको छ।

नवनिर्वाचित सहमहामन्त्रीहरूले पार्टीलाई विधिसम्मत, पारदर्शी र संगठनात्मक रूपमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?