© 2026
भरतपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि २ हजार ९५९ मत खसेको छ ।
केहीबेरअघि केन्द्रीय सदस्य पदको मतदान सम्पन्न भएको हो । निर्वाचन आयोग स्रोतका अनुसार अहिले मुचुल्का तयार गर्ने कार्य भइरहेको छ ।
केहीबेरपछि मतगणना सुरु गरिने जनाइएको छ ।
केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएपछि आजै पदाधिकारी पदका लागि पनि मतदान गरिनेछ ।
रास्वपाका नेता मनिष झाले खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि मतदान हुने जानकारी दिए ।