Butwal Today

सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र, राहदानी रोक्का

११ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । वर्षौंदेखि राजनीतिक संरक्षणका कारण ओझेलमा परेको भनिएको विवादास्पद व्यवसायी अजयराज सुमार्गीसँग सम्बन्धित बहुचर्चित प्रकरणमा नयाँ मोड आएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि औपचारिक अनुसन्धान अघि बढाउँदै राहदानीसमेत रोक्का गरेको जनाएको छ।

सुमार्गीमाथि ट्याक्स हेभन मुलुकहरूमा कम्पनी स्थापना गरी करिब ९ अर्ब रुपैयाँ गैरकानुनी रूपमा नेपाल भित्र्याएको आरोप लाग्दै आएको छ। स्रोत नखुलेको ठूलो रकम तथा सम्पत्तिसम्बन्धी विवरण २०७४ सालतिरै सम्बन्धित निकायको ध्यानमा आएको भए पनि प्रकरण लामो समयसम्म निष्कर्षमा नपुगेको चर्चा रहँदै आएको थियो।

सरकार परिवर्तनपछि अनुसन्धान प्रक्रियाले गति लिएसँगै राजनीतिक तथा व्यावसायिक क्षेत्रमा यस विषयले पुनः चर्चा पाएको छ। लामो समयदेखि सार्वजनिक बहसको विषय बनेको यो प्रकरण अब कानुनी प्रक्रियामार्फत थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सुमार्गीविरुद्धको अनुसन्धानले उच्च तहको राजनीतिक संरक्षण, आर्थिक प्रभाव र सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रश्नहरूलाई पुनः सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?