Butwal Today

विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

१० असार २०८३, बुधबार
अ+
अ-

काठमाडौं । पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी रहेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। श्रीमती दोमाया पौडेलले थुनामुक्त गर्न माग गर्दै बुधबार रिट दर्ता गराएकी हुन्।

करोडौँको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो। पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतले मंगलबार अनुमति दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?