Butwal Today

सभापतिमा रविको उम्मेदवारी प्रस्तावक बने बालेन

९ असार २०८३, मंगलवार
अ+
अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत सभापति र केन्द्रीय सदस्य पदको निर्वाचन प्रक्रिया सुरु भएसँगै सभापति पदमा रवि लामिछानेले उम्मेदवारी दर्ता गर्ने भएका छन्। उनको उम्मेदवारीमा वरिष्ठ नेता बालेन शाह प्रस्तावक बनेका छन्।

पार्टी स्रोतका अनुसार सभापति पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था रहेको छ। सोहीअनुसार बालेन शाहले रवि लामिछानेको उम्मेदवारीमा प्रस्तावकको भूमिका निर्वाह गरेका हुन्। मंगलबार साँझ उम्मेदवारी दर्ता प्रक्रियाका क्रममा रवि लामिछाने र बालेन शाह सँगसँगै महाधिवेशन स्थलमा रहेको निर्वाचन आयोगको सचिवालय पुगेका थिए।

उनीहरूको संयुक्त उपस्थितिले महाधिवेशनमा विशेष चर्चा पाएको छ। रास्वपाको संशोधित निर्वाचन तालिकाअनुसार साँझ ७ बजेदेखि ७स्३० बजेसम्म सभापति पदका लागि मनोनयन फाराम वितरण तथा दर्ताको समय तोकिएको छ। यसैबीच, पार्टी संरचनामा बालेन शाहका लागि सिर्जना गरिएको भनिएको वरिष्ठ नेता पदमा भने निर्वाचन नहुने जानकारी पनि सार्वजनिक भएको छ।

रास्वपाको पहिलो महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरिरहेका बेला रवि लामिछानेको उम्मेदवारीमा बालेन शाह प्रस्तावक बन्नुले पार्टीभित्रको राजनीतिक सन्देश र शक्ति सन्तुलनलाई लिएर थप चासो बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?