Butwal Today

विश्वकप फुटबल: साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।   फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामाथि जित निकालेको छ ।

एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोल अन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो ।

खेलको १०औं मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए ।

खेलको ४९ औ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती गोल गरे । त्यसपछि खेलमा दुवै टोलीबाट गोल हुन सकेन र अन्ततः स्पेनले साउदी अरेबियामाथि ४–० गोलको जित निकाल्यो ।

जितसँगै स्पेन दुई  खेलबाट ४ अङ्क जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना मजबुत बनाएको छ । यसै समूहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक एक अङ्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?