© 2026
काठमाडौँ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्वस–२०८३’ स्थगन गरेको छ । प्रतिष्ठानले ६९औँ वार्षिकोत्वसका अवसरमा यही असार ९ गते आयोजना गर्न लागेको महोत्सव विशेष कारणवश स्थगित भएको जनाएको छ ।
प्रतिष्ठानले गत वैशाख १६ गते सूचना प्रकाशित गरी महोत्सवका लागि कविता आह्वान गरेको थियो । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख सुमन अधिकारीले अर्को सूचना नआएसम्म महोत्सवका लागि पठाइएका कविताहरू अन्यत्र प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको जानकारी दिए ।
प्रतिष्ठानका भौतिक संशाधन महाशाखा प्रमुख सन्ध्या पहाडीले प्राज्ञ परिषद नहुँदा कविता छनोटका लागि समिति गठनलगायत प्रशासनिक कार्यमा प्रभावित भएकाले महोत्सव स्थगन गरिएको बताइन ।
हाल प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिवलगायतका पदाधिकारीको पद रिक्त छ ।