Butwal Today

खुकुरी देखाएर युवतिलाई यातना दिइरहेका युवक पक्राउ

३ असार २०८३, बुधबार
अ+
अ-

लमही । 

खुकुरी देखाएर युवतिलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् । मङ्गलवार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागु औषध सहित पक्राउ परेका हुन् ।

तीन महिना अघि खिचिएको भिडियो मङ्गलवार सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं.२ भमके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घरबाट प्रेगामयाक्स १ ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र निट्राजोहम ५ ट्याब्लेट औषधी सहित पक्राउ गरिएको हो ।

उनीहरूबिच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतिलाई यातना दिएको खुलेको हो । उनीहरूबिच सुरुमा सामान्य चिनजान भएको र युवकको स्वभाव मन नपरेपछि युवति सम्पर्कमा नआउँदा यस्तो व्यवहार गरेको युवतिले बयान दिएकी छन् ।

घटना तीन महिना अघिको भए पनि मङ्गलवार मात्रै भिडियो सार्वजनिक गरिएको थियो । युवकलाई प्रहरीले लागु औषध दुव्र्यशनी विरुद्ध अनुसन्धान गर्ने जनाएको छ ।

सोही क्रममा संगै रहेका तुलसीपुर २ बालापुर बस्ने २१ वर्षीय जीवराज खत्रीलाई समेत पक्राउ गरिएको छ । उनीहरूलाई मङ्गलवार राति पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?