Butwal Today

नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो

३ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । नेपालको सार्वजनिक ऋण निरन्तर बढ्दै गएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्म सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको असार मसान्तमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण ११ महिनामै २ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले वृद्धि भएको हो। हाल कुल ऋणमध्ये १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ आन्तरिक तथा १५ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ बाह्य ऋण रहेको छ।

चिन्ताको विषय भने नेपालको कुल सार्वजनिक ऋण अब कुल गार्हस्थ्य उत्पादन जिडिपि को ४४.८७ प्रतिशत पुग्नु हो। कुल ऋणमध्ये ठूलो हिस्सा वैदेशिक स्रोतबाट आएको देखिएको छ।

चालु आर्थिक वर्षमा सरकारले करिब ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेकोमा जेठसम्म ४ खर्ब १८ अर्ब रुपैयाँ मात्र प्राप्त भएको छ। अर्कोतर्फ ऋणको साँवा–ब्याज भुक्तानीमै सरकारले ३ खर्ब ५१ अर्ब ७४ करोड रुपैयाँ खर्च गरिसकेको तथ्यांक सार्वजनिक भएको छ।

बढ्दो ऋणभारका कारण आगामी वर्षहरूमा विकास निर्माणका लागि छुट्याइने बजेट, सरकारी खर्च व्यवस्थापन तथा वित्तीय स्थायित्वमा थप दबाब पर्न सक्ने भन्दै अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?