Butwal Today

सुपादेउराली मन्दिरनजिकैको पुलबाट हाम फालेर एक युवतीको मृत्यु

१ असार २०८३, सोमबार
अ+
अ-

बुटवल। अर्घाखाँचीको सुपादेउराली मन्दिरनजिकैको चर्चित झोलुंगे पुलबाट हाम फालेकी एक युवतीको मृत्यु भएको छ।

सन्धिखर्क नगरपालिका–७ स्थित सुपादेउराली मन्दिरभन्दा उत्तरमा रहेको झोलुङ्गे पुलबाट कपिलवस्तु  वाणगंगा नगरपालिका–७ की २३ वर्षीया सरिता भण्डारीले हाम फालेकी थिइन्।

आज दिउँसो पुलबाट हाम फालेपछि गम्भीर घाइते भएकी भण्डारीलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

भण्डारीले के कारणले पुलबाट हाम फालिन् भन्ने खुलेको छैन।

धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरनजिकैका दुई पहाडलाई जोड्न पर्यटकीय झोलुंगे पुल निर्माण गरिएको थियो। सुपादेउराली मन्दिर दर्शन र नरपानी घुम्न आउने पर्यटकलाई नर्तनाञ्चल पर्वतका दुई चुचुरो घुमाउन २ सय ७३ मिटर लामो झोलुंगे पुल बनाइएको थियो। पुलमा चिसो मौसममा मनोरञ्जन गर्ने, तस्बिर र भिडियो खिच्ने पर्यटकहरु जाने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?