Butwal Today

शुरु भयो फुटबलको महाकुम्भ (तस्वीरहरु)

२९ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-
काठमाडौं । फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ आजदेखि मेक्सिकोमा सुरु भएको छ।
फिफा विश्वकप २०२६ को भव्य समारोहका बीच उद्घाटन भएको छ । मेक्सिकोको एस्टेका रंगशालामा विभिन्न सांगीतिक प्रस्तुतीसहित विश्वकपको उद्घाटन गरिएको हो ।
सोही रंगशालामामा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेल सुरु भएको छ । उद्घाटन समारोहमा मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गरिएको थियो । यस्तै आदिवासी कलाकारहरुको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रमसँगै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरुले पनि प्रस्तुत दिए ।
समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरुले प्रस्तुती दिएका हुन् ।

 

 

 

विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकप तीन देशका १६ सहरमा प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका तीन तथा क्यानडाका दुई सहरमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक ४८ राष्ट्र सहभागी भएका छन् । यसअघि ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका थिए ।

४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ।

मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो। किनभने विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्। यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्।

प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन्।

जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कुल ८ खेल खेल्नेछ।

पछिल्लोपटक अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। जतिबेला मात्र २४ टोली थिए। १५औं संस्करण त्यतिबेला ५२ खेल भएका थिए। यसपालि टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढेको छ।

नेपाल र आयोजक देशहरू बीचको समय भिन्नताका कारण खेलहरू नेपाली समय अनुसार अबेर राति र बिहान सबेरै हुनेछन्।

खेलको समय: राति १२:४५, १:००, २:०० देखि बिहान ४:४५, ५:४५ र ७:४५ सम्म।

विश्वकप २०२६: समूह विभाजन

समूह ए मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक
समूह बी क्यानडा, बोस्निया-हर्जगोभिना, कतार, स्विट्जरल्याण्ड
समूह सी ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड
समूह डी अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्की
समूह इ जर्मनी, कुरासाओ, आइभरी कोस्ट, इक्वेडर
समूह एफ नेदरल्याण्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
समूह जी बेल्जियम, इजिप्ट, इरान, न्युजिल्याण्ड
समूह एच स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे
समूह आई फ्रान्स, सेनेगल, इराक, नर्वे
समूह जे अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह के पोर्चुगल, कंगो डीआर, उज्बेकिस्तान, कोलम्बिया
समूह एल इंग्ल्याण्ड, क्रोएसिया, घाना, पानामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?