© 2026
बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक तथा देशद्रोही प्रवृत्तिको भएको टिप्पणी गरेका छन् ।
बिहीबारदेखि लुम्बिनी प्रदेशस्तरीय ‘जरा अभियान’ को सुरुवात गर्दै सभापति थापाले तथ्य, प्रमाण र दस्तावेजबिना प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको बताए । उनले २०७४ सालमा सबै दलको सहमतिमा संसद्बाट एकमतले पारित भएको नेपालको नक्सा र त्यसका आधारहरूलाई नजरअन्दाज गर्नु देशद्रोही प्रवृत्तिको संकेत भएको उल्लेख गरे ।
सभापति थापाले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपालीहरूको शिर निहुरिएको र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउने दुष्प्रयास भएको आरोप लगाए ।
उनले प्रधानमन्त्री तत्काल संसद्मा उपस्थित भई आफ्नो गल्ती स्वीकार गर्नुपर्ने र नेपाली जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।