Butwal Today

राष्ट्रियसभाबाट २ विधेयक पारित

१७ जेष्ठ २०८३, आइतबार
अ+
अ-

काठमाडौँ ।  राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।

। सभाको आजको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो ।

यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेस राखेकी थिइन ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १ः१५ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?