Butwal Today

मिस नेपाल २०२६ को पहिलो अडिसन नेपालगन्जबाट 

११ जेष्ठ २०८३, सोमबार
अ+
अ-

नेपालगन्ज । मिस नेपाल २०२६ को पहिलो अडिसन सोमवार नेपालगन्जबाट सुरु हुँदै छ ।  बिहान ९ बजेदेखि होटल सिद्धार्थ भ्यु नेपालगन्जमा अडिसन सुरु हुन लागेको हो ।

अडिसनका लागि २०२५ का मिस नेपाल वर्ल्ड लुना लुइटेल, मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी, मिस नेपाल कोज्मो दीपसिखा नेपाल आइतबार नै नेपालगन्ज आइपुगेका छन् । आफूसँग भएको क्षमतालाई आत्मविश्वासका साथ प्रस्तुत गर्दै प्रतियोगितामा सहभागी हुन उनीहरूले आग्रह गरेका छन्।

‘द हिडन ट्रेजर’ले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको हो। नेपाल तथा विदेशमा बसोबास गर्ने इच्छुक युवतीहरूले आगामी जेठ २५ गतेसम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।

मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आगामी साउन १६ गते काठमाडौँको द प्लाजामा आयोजना हुने भएको छ। प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेट चयन गरिनेछ।

प्रतियोगितामा सहभागी हुन न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्ष हुनुपर्ने मापदण्ड तोकिएको छ। आवेदन निःशुल्क रहेको आयोजकले जनाएको छ।

यस वर्ष देशका विभिन्न सहरमा अडिसन कार्यक्रम सञ्चालन गरिनेछ। थप जानकारीका लागि मिस नेपालको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?