Butwal Today

राहदानी लिन आउन दूतावासको आग्रह

११ जेष्ठ २०८३, सोमबार
अ+
अ-

दोहा (कतार)। कतार स्थित नेपाली राजदूतावासले  राहदानी नवीकरणका लागी आवेदन दिएका सेवाग्राही मध्ये संलग्न सूचीमा नाम समावेश भएका आवेदकहरूको नयाँ राहदानी तयार भएको दूतावासले जानकारी दिएको छ ।

नेपाली दूतावासले आइतबार सार्वजनिक गरेको सूचना अनुसार राहदानी वितरण प्रक्रिया आइतबार देखि बिहीबार सम्म लिन सकिने बताएको छ । सार्वजनिक बिदा बाहेक बिहान १० बजेदेखि अपराह्न ३ः३० बजेसम्म राहदानी वितरण गरिने दूतावासले जनाएको छ।

राहदानी लिन आउँदा सूचीमा नाम रहेका “२७०५ जना सेवाग्राहीलाई आवेदन रसिद तथा सूचिको अन्तिममा उल्लेख गरिएको कोड नम्बर अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने दूतावासको भनाई छ । साथै सम्बन्धित व्यक्ति उपस्थित भएर राहदानी लिन सकिने दूतावासले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?