© 2026
बुटवल । सरकारले वर्षौँदेखि बस्दै आएका लालपुर्जाविहीन बस्तीमा डोजर चलाएर आतङ्क मच्चाएको भन्दै बुटवलमा आज सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति रुपन्देहीको आयोजनामा आज बुटवलमा प्रदर्शन भएको हो। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोक पुगेर सभामा परिणत भएको थियो ।
सङ्घर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले विना विकल्प गरिब सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका घर टहरामा डोजर चलाएर उठीबास लगाउने कार्य गरेकाले त्यसको विरोधमा प्रदर्शन गरेको उनले बताए । सङ्घर्ष समितिले भोलि सोमबार बुटवलमा सम्मेलनको आयोजना गरेको छ ।
