Butwal Today

जेनजी प्रतिनिधिले बहिष्कार गरे संविधान संशोधन कार्यदलको बैठक

१ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ– संविधान संशोधन कार्यदलले छलफलका लागि बोलाए पनि जेनजी प्रतिनिधिले भने बहिष्कार गरेका छन्।

शुक्रबारका लागि संविधान संशोधनका सुझाव लिन कार्यदलले जेनजी प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो। तर जेनजी प्रतिनिधिहरूले छ बुँदे माग पूरा नभएसम्म छलफलमा सहभागी नहुने जनाएका छन्।

१३ जना जेनजी प्रतिनिधिले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यसअघि २०८२ मङ्सिर २४ मा भएको जेन-जी जनआन्दोलनको सम्झौता अक्षरशः कार्यान्वयन गर्नेपर्ने, जेनजी आन्दोलनमा सहभागी भएकालाई लगाइएको मुद्दा फिर्तालगायतका माग राख्दै छलफल बहिष्कार गरिएको जानकारी दिएका छन्।

उनीहरूले जेन-जी आन्दोलन लगायत विभिन्न राजनीतिक सामाजिक आन्दोलनहरूको जाँचबुझ र छानबिन आयोगका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न पनि आफ्नो मागमा समेटेका छन्।

यस्तै भुमीहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासी लगायतका नेपाली नागरिकमाथि राज्यले गरिरहेको मानवअधिकार उल्लङ्घन तथा दमनका कार्यमा तत्काल रोक तथा न्यायोचित व्यवस्थापन गर्न उनीहरूको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?