Butwal Today

उद्योगलाई नगद जरिवानासहित चेतावनी

३१ बैशाख २०८३, बिहीबार
अ+
अ-

चितवन । यहाँको भरतपुर महानगरपालिकाले एक उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ । महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा भरतपुर महानगरपालिका–३ बेलचोकस्थित सृजना एण्ड सृष्टि प्याकेजिङ उद्योगलाई जरिवाना गराएको हो ।

अनुगमनका क्रममा उद्योगमा पूजा सामग्री प्याकेजिङ गर्ने उक्त उद्योगमा तेलको अव्यवस्थित भण्डारण, दुई तीन पटकसम्म लेवलिङ, सरसफाइ कमी, खाद्य र अखाद्य वस्तु एक ठाउँमा राखिएको पाइएपछि जरिवाना गराइएको वडाध्यक्ष विकास थापाले जानकारी दिए । उनका अनुसार खाद्य प्रविधिमा दर्ता गरी खाद्य र अखाद्य वस्तु छुट्टै राख्न निर्देशन दिइएको छ । यदि पुनः अनुगमन गर्दा सञ्चालनयोग्य देखिए मात्र सो उद्योग सञ्चालन गर्ने गरी तत्काललाई बन्द गरिएको छ ।

आजै नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत रामनगर क्षेत्रमा रहेका होटलको अनुगमन गरिएको छ । यसै क्रममा बुधबार नारायणगढको पुतली बजारमा रहेका किराना पसलको अनुगमन गरिएको थियो । २० भन्दा बढी पसल अनुगमन गर्दा अधिकांशले नवीकरण नगरेको पाइएको थियो । २१ वर्षदेखि नवीकरण नगरी व्यवसाय सञ्चालन हुँदै आएको पाइएको वडा नं २ का वडाध्यक्ष मनोज रानाभाटले जानकारी दिए ।

उहाँका अनुसार व्यवसायीलाई तत्काल दर्ता गर्न र नवीकरण नभएकालाई नवीकरण गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?