Butwal Today

प्रधानमन्त्री उपस्थित नभए संसद्‌मा विरोध जारी रहन्छ : कांग्रेस

३१ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म विरोधका कार्यक्रम जारी रहने चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै संसद्प्रति सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् ।

उनले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरे ।

‘फेरि पनि आग्रह गर्छु, तपाईं हाम्रो अभिभावक हो, संसद्को संरक्षक हो । यस विषयमा हजुर गम्भीर बन्नुपर्छ,’ राईले भने, ‘यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनुभएन भने हाम्रो विरोध जारी रहनेछ ।’

राईले प्रधानमन्त्री लगातार संसद्मा अनुपस्थित रहनुलाई सामान्य रूपमा लिन नसकिने बताएका छन् । उनले संसद्‌जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु संसदीय व्यवस्थाप्रतिको उदासिनताको संकेत भएको टिप्पणी गरे ।

‘आज परिस्थिति यस्तो बनेको छ कि गुरुकुल र विश्वविद्यालय बंक गरेजस्तै सदनलाई पनि बेवास्ता गर्न थालिएको छ,’ उनले भने, ‘यो केवल दुखद विषय मात्र होइन, संसदीय व्यवस्थामाथिकै उपेक्षा हो । अझ दुःखको कुरा, सत्तापक्षका केही सदस्यहरूले यसलाई सामान्य बनाउने प्रयास गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?