© 2026
काठमान्डौँ ।
विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थित नभएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको थियो । उक्त कार्यक्रमअन्तर्गत प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्न लागेपछि विपक्षी सांसदहरूले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका हुन् ।
विपक्षी सांसदहरूले प्रधानमन्त्री संसद्मा अनुपस्थित हुनु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गर्दै तत्काल उपस्थित हुन तथा नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन् ।