Butwal Today

संसद् बैठक छोडेर निस्के हर्क साम्पाङ

३० बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाह संसद्मा अनुपस्थित भएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै बैठक कक्षबाट बाहिरिएका हुन् ।

आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको थियो । तर प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्न लागेपछि विपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका हुन् ।

विपक्षी सांसदहरूले प्रधानमन्त्री संसद्मा उपस्थित नभएर गैरजिम्मेवार व्यवहार देखाएको भन्दैँ राजीनामासमेत माग गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै संसद्मा नाराबाजी र विरोधसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?