Butwal Today

सांसद खतिवडाको प्रश्न- जेनजी आन्दोलनका घाइते र शहीदको रगतलाई बिर्सिएको हो ?

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका घाइते र शहीदप्रति राज्यले न्याय सुनिश्चित गर्न नसकेको भन्दै प्रश्न उठाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जेनजी आन्दोलनका घाइते तथा शहीदको बलिदान बिर्सिएको हो कि भन्ने गम्भीर प्रश्न उठाइन् । “आज देश परिवर्तनको नयाँ चरणमा अघि बढिरहेको छ । तर जसको रगतमा टेकेर यो जनादेश आएको हो, त्यही योगदानलाई बिर्सिंदै गएको हो  ?” उनले भनिन्, “शहीद परिवार र घाइतेको घाउमा न्यायको मल्हम अझै लागेको छैन ।”

सांसद खतिवडाले आन्दोलनका क्रममा गोली चलाउने दोषीहरू अझै कानुनी दायरामा नआएकोप्रति आपत्ति जनाउँदै उनीहरूलाई कहिले कारबाहीको कठघरामा ल्याइने हो भन्दै प्रश्न गरिन् । “निर्दोष जनतामाथि गोली चलाएर युवाहरूको सपना र भविष्यमाथि आक्रमण गर्नेहरूलाई हामी कहिले न्यायालय र जेलमा देख्न पाउँछौं ?” उनले भनिन् ।

उनले न्यायालयप्रति समेत टिप्पणी गर्दै यसको प्रणालीमा सुधार र शुद्धीकरण आवश्यक रहेको धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?