© 2026
काठमाडौं ।
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संघीय संसद् बैठकमा पेश हुने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार अर्थ समितिको बैठकमा उक्त जानकारी दिएका हुन् । उनले बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि सांसदहरूले दिने सुझावलाई अर्थ मन्त्रालयले आगामी बजेटमा समावेश गर्ने बताए ।
अर्थमन्त्री वाग्लेले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रसँग धेरै हदसम्म मेल खाने उल्लेख गरे । साथै, बजेटका लागि माग राख्दै सांसदहरू अर्थ मन्त्रालय पुग्ने क्रम अझै जारी रहेको उनले जानकारी दिए ।
नयाँ सरकार गठन हुनुअघि नै बजेटको सिलिङ पठाइसकिएकाले अहिले बजेट निर्माणमा ‘स्पेस’ सीमित रहेको उनको भनाइ छ ।
प्रचलित कानुनी व्यवस्था अनुसार बजेट सार्वजनिक हुनुभन्दा कम्तीमा १५ दिनअघि नै बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्मा पेश गर्नुपर्ने प्रावधान रहेको छ ।