Butwal Today

संविधान संशोधन बहस पत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

२८ बैशाख २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट आज प्रस्तुत नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो ।

सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले राजनीतिक दलका साथै विभिन्न पेसा र क्षेत्रका व्यक्तिसँग सुझाव लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?