Butwal Today

‘लालीबजार’ चलचित्रविरुद्ध माइतीघरमा बादी समुदायको प्रदर्शन

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

काठमाडौँ ।

चलचित्र लालीबजारविरुद्ध आइतबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

आफ्नो समुदायको मानमर्दन र चरित्रहत्या हुने गरी चलचित्र निर्माण गरिएको आरोप लगाउँदै बादी समुदायका प्रतिनिधिहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउने प्रयास गरिएको भन्दै चलचित्रको निर्माण तथा प्रदर्शन तत्काल रोक्न माग गरेका छन् ।

अधिकारकर्मीहरूले ‘बादी जातिको सम्मान कायम गर’, ‘लालीबजार चलचित्र बन्द गर’ लगायतका नारासहित ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका छन् ।

चलचित्रमा प्रयोग गरिएका केही दृश्यहरूले समुदायको सम्मान र नैतिकतामाथि प्रहार गरेको प्रदर्शनमा सहभागीहरूको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?