Butwal Today

ठ’गी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी प’क्राउ

२२ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।

स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी ठ’गी तथा आप’राधिक विश्वासघात कसुरमा प’क्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निजले बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई ठ’गी तथा आप’राधिक विश्वासघात कसुर गरेकाले सोमबार प’क्राउ गरेको हो । निजलाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा प’क्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

स्मार्ट टेलिकम प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएको थियो । स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।

अनुमतिपत्र स्वतः रद्द भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीबमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार र संरचना प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?