© 2026
बुटवल । रुपन्देही मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
बुटवल–बर्दघाट सडक खण्ड अन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको देवदह मेडिकल कलेज मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी चौकी देवदह खैरेनी का अनुसार मृतकको नाम र ठेगाना खुल्न बाँकी छ ।