Butwal Today

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन अनुरोध

१० बैशाख २०८३, बिहीबार
अ+
अ-
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर तापक्रम बढेपछि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाको लहरको पनि सम्भावना देखिएकोले महाशाखाले पछिल्लो सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?