Butwal Today

स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एक बालकको मृ*त्यु

१० बैशाख २०८३, बिहीबार
अ+
अ-

अर्घाखाँची । प्युठानको  स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक बालकको मृ*त्यु भएको छ।

भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको  लु १ ज ३१७५ नम्बरको  जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिपमा सवार २१ जनामध्ये एक बालकको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना बालबालिका रहेका छन् ।
घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचार गरिएको छ। तीमध्ये १३ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

मृतकको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?