Butwal Today

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

२ बैशाख २०८३, बुधबार
अ+
अ-

काठमान्डौं ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । पुनर्गठित मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा गोविन्दबहादुर नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, नन्दप्रसाद न्यौपानेलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, जितबहादुर शेरचनलाई आर्थिक मामिला मन्त्री, भीमबहादुर कार्कीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, यशोदा रिमाललाई उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डेलाई स्वास्थ्य मन्त्री तथा नम्डु गुरुङलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।

यसपटक मन्त्रिपरिषद् पुनर्गठन नेपाली कांग्रेस र नेकपा एमालेबीचको भागबन्डाका आधारमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?