Butwal Today

‎युवकको हत्यामा संलग्न एक युवती सहित ३ जना पक्राउ

२१ चैत्र २०८२, शनिबार
अ+
अ-

‎लमही । 

दाङको राप्ती गाउँपालिका९४, गोलीनालामा बिहीबार राती एक युवकको हत्यामा संलग्न एक युवती सहित ३ जना पक्राउ परेका छन् ।

‎घटना भएको २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी नेतृत्वको प्रहरी टोलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दाङको बंगलाचुली निवासी वर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका वर्ष १८ को निश्चल चौधरी र राप्ती गाउँपालिका कै वर्ष १८ की आकृति बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

प्रहरीले घटना भएको थाहा पाए लगत्तै प्रहरी निरीक्षक ऐरीको टोलीले रातभर नै घटनास्थल सहितका ठाउँमा अनुसन्धान गरि बिहान ४ बजे मात्र पक्राउ परेका तीनको प्रमाण सहित पुष्टि गरेको प्रहरीले जनाएको छ ।

‎बिहीबार राती राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ वर्षीय स्मित प्रधानलाई हत्या गरी वडा नं। ४ गोपीनालाको दोलाईखोला नजिक नालामा फालेको अवस्थामा शव फेला परेको थियो । उक्त घटना बारे प्रहरीलाई बिहीबार दिउँसो करिब १२ बजे खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो । मृतक प्रधानको शरीरमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको हुन सक्ने बताइएको छ । यस्तै एक किशोर घाइते अवस्थामा भेटिएका थिए ।

‎मृतक प्रधान सँगै गएका सोही ठाउँ निवासी वर्ष १६ का आयुषमान थापा घाइते भएको र उनको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार चलिरहेको छ । थापा खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

आयुषमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जर बाट भेट्न आउँ भनी बोलाउँदा निजहरू बिहीबार राती ८ बजे घरबाट ती युवती भेट्न निस्किएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?