ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

न्यू होराइजनद्वारा लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता कात्तिक २८ देखि सुरु हुने

२५ कार्तिक २०८२, मंगलवार
२५ कार्तिक २०८२, मंगलवार

बुटवल, २५ कात्तिक ।

लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूल, बुटवलले आयोजना गर्ने लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको ३२औं संस्करण आगामी कात्तिक २८ गतेदेखि सुरु हुने भएको छ । विद्यालयले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

यस वर्षको प्रतियोगिताको पहिलो चरण आउँदो शुक्रबार तीनवटा केन्द्र — रुपन्देहीको बुटवल, दाङको लमही र पाल्पामा एकसाथ सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विद्यालयहरू यस प्रतियोगितामा सहभागी हुनेछन् ।

सन् २०५० सालमा जिल्लास्तरीय रूपमा सुरु गरिएको यो प्रतियोगिता क्रमशः अञ्चलस्तर हुँदै पछिल्ला तीन वर्षदेखि प्रदेशस्तरीय रूपमा आयोजना हुँदै आएको हो । विद्यालयका अनुसार यो प्रतियोगिता विद्यार्थीको बौद्धिक क्षमताको विकास, ज्ञान–विज्ञानको अभिवृद्धि र सरकारी तथा निजी विद्यालयबीचको सहकार्य सुदृढ गर्न लक्षित गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुका अनुसार, कात्तिक २८ गते तीनवटै केन्द्रबाट छनोट हुने छवटा टोलीबीचको फाइनल प्रतियोगिता मंसिर १३ गते बुटवलमा हुनेछ । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायका अनुसार, प्रत्येक केन्द्रबाट दुई–दुई टोली — प्रथम र द्वितीय — फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

बुटवल केन्द्रमा रुपन्देही, कपिलवस्तु र नवलपरासी, पाल्पा केन्द्रमा पाल्पा, गुल्मी र अर्घाखाँची, र लमही केन्द्रमा बर्दिया, बाँके, दाङ, पूर्वी रुकुम, रोल्पा र प्युठानका विद्यालयहरू प्रतिस्पर्धामा रहनेछन् ।

प्रतियोगिताको निष्पक्षता कायम राख्न न्यू होराइजन संस्थाअन्तर्गतका विद्यालय र विद्यार्थीलाई प्रत्यक्ष प्रतिस्पर्धाबाट बाहिर राखिएको छ । तर उनीहरूलाई अवलोकनकर्ताका रूपमा सहभागी गराइनेछ, जसले बौद्धिक विकासमा सहयोग पु¥याउने विद्यालयले जनाएको छ ।

फाइनलमा प्रथम हुने विद्यालयले ४० हजार रुपैयाँ नगद, ट्रफी, शिल्ड र प्रमाणपत्र पाउनेछ। द्वितीयले २५ हजार, र तृतीयले २० हजार रुपैयाँ सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, तीनवटै केन्द्रका प्रथम, द्वितीय र तृतीय टोलीले क्रमशः ९ हजार, ६ हजार र ४ हजार ५ सय रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । अन्य तीन टोलीलाई प्रोत्साहन पुरस्कारस्वरूप १५ सय रुपैयाँका दरले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक मनोज सिलवालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले न्यू होराइजन विद्यालयले शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप र खेलकुदमा देखाएको अग्रगामी अभ्यास अन्य विद्यालयका लागि पनि प्रेरणादायी भएको बताए ।

कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, बासुदेव अर्याल र राजिव श्रेष्ठ, पूर्व संयोजक कपिल आचार्य, व्यवस्थापन संकाय संयोजक प्रकाश खनाललगायतको उपस्थित थियो ।

गत वर्षको ३१औं संस्करणमा बुटवलको एभरेष्ट बोर्डिङ स्कूल प्रथम, दाङ तुल्सीपुरको अमर बोर्डिङ स्कूल द्वितीय र पाल्पाको जनता मावि तानसेन तृतीय स्थानमा रहेका थिए ।

सन् २०४६ सालमा स्थापना भएको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलले तीन दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिँदै राष्ट्रिय स्तरमै विशिष्ट पहिचान कायम गर्न सफल भएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?