ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

बुटवलमा ३ अर्ब ५० करोड लगानीको पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा

लुम्बिनी प्रदेशको आर्थिक केन्द्रमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा
२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

बुटवल, २३ कात्तिक।

लुम्बिनी प्रदेशको आर्थिक केन्द्र तथा औद्योगिक सहर बुटवलमा ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ। आन्तरिक तथा विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा यो होटल निर्माण गरिएको हो। १ सय ९ कोठा भएको यो होटल बुटवलको पहिलो पाँचतारे होटल तथा यस क्षेत्रकै सबैभन्दा ठूलो होटल हो।

सुरुवातमा ‘होटल सेफ्रोन’ नाममा निर्माण थालिएको भए पनि, सम्पन्न भएपछि यो अन्तर्राष्ट्रिय होटल चेन ‘ह्यात प्लेस’ ब्रान्डअन्तर्गत सञ्चालनमा आएको हो। ह्यात ब्रान्ड सन् २००६ मा सुरु भई अहिले विश्वभर ४२० भन्दा बढी स्थानमा सेवा विस्तार गरेको छ।

यो होटलमा रुपन्देहीका अग्रणी औद्योगिक घराना यशोदा फुड्स ग्रुपले लगानी गरेको हो। सञ्चालकहरूमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जना छन्। कुल लगानीको ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत व्यक्तिगत लगानी रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

होटलमा ६ वर्गका १०९ कोठा रहेका छन्, जसमा एकैपटक २ सय ५० पाहुना बस्न सक्छन्। होटलको डिजाइनमा शान्ति, आधुनिकता र परम्पराको संयोजन गरिएको छ। बोधीवृक्षको पातको आकृति, मायादेवी मन्दिरको इँटाको बनावट झल्किने रेस्टुरेन्ट डिजाइन, र बुद्ध दर्शनका चार आर्य सत्य झल्किने चार विशेष स्तम्भले होटललाई कलात्मक र भव्य बनाएको छ।

सञ्चालक पौडेलका अनुसार, होटलका कोठामा पाहुनाका लागि काम, विश्राम र मनोरञ्जनका छुट्टाछुट्टै ठाउँको व्यवस्था गरिएको छ। उनले भने, “होटल बिजनेस फोकस्ड भए पनि यो फेमिली फ्रेन्डली हो, जसले नेपालको सार र पहिचानलाई समेटेको छ।”

होटलमा जिङ बार, १ हजार १ सय वर्गमिटरको बलरुम, तीनवटा बहुउद्देश्यीय हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, मिट्टी घर डिजाइनको स्पा, ज्याकुजी र विस्तृत पार्किङ सुविधा उपलब्ध छन्।

भारतको उत्तर प्रदेशमा रहेको करिब २४ करोड जनसंख्यालाई लक्षित गर्दै भारतीय पर्यटक भित्र्याउने उद्देश्य होटलले राखेको छ। निकट भविष्यमा क्यासिनो सञ्चालन गर्ने तयारी पनि भइरहेको सञ्चालक पौडेलले बताए। “बुटवलमा क्यासिनो सहितको पहिलो पाँचतारे होटल ह्यात प्लेस नै हुनेछ,” उनले भने, “यसले विदेशी मुद्रा आर्जन र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ।”

सञ्चालक कमलकिशोर मालपानीले सरकारले पर्यटनमैत्री नीति र कानुन निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए। उनले भने, “भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि सक्रिय हुनुपर्छ, यसले मात्र रुपन्देहीको पर्यटन व्यवसायमा उछाल ल्याउनेछ।”

होटलले पूर्ण क्षमतामा सञ्चालन हुँदा ३५० जनालाई रोजगारी प्रदान गर्न सक्ने जनाएको छ, जसमा स्थानीय बासिन्दालाई प्राथमिकता दिइनेछ। साथै, होटल निर्माणकै क्रममा होटलको पश्चिमतर्फको कुसुम पथमा करिब ३ सय मिटर सडक पक्कीकरण र सौन्दर्यीकरण पनि आफ्नै लगानीमा गरिएको सञ्चालक भूमिराज पौडेलले जानकारी दिए।

होटलको औपचारिक उद्घाटन मंसिर १० (२५ नोभेम्बर) मा हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?