ट्रेंडिंग:

>> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’

पर्यटकको पर्खाइमा नदैगुफा

११ कार्तिक २०८२, मंगलवार
११ कार्तिक २०८२, मंगलवार

जुम्ला, ११ कार्तिक ।

तिला गाउँपालिका–९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ । धार्मिक दुष्टिकोणले नदैगुफा ऐतिहासिक महत्त्व बोकेको पर्यटकीय गन्तव्य हो ।

प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ । अहिले गुफासम्म पुग्नका लागि व्यवस्थित पदमार्ग निर्माण गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । गाउँसम्म भरपर्दो सडकको आवश्यकता छ । यो वर्ष सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।

धार्मिक पर्यटकीय सम्भावनालाई ध्यानमा राखेको र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ वडा पालिकाले काम गरिरहेको वडाध्यक्ष रावतको भनाइ छ । त्यहाँको सबैभन्दा अग्लो चुचुरो र गुफा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको छ ।

नदैगुफाका डाँडाबाट अग्ला हिमाल नियाल्न सकिन्छ । हिमशृङखलाको मनमोहक दृश्यावलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढाउन जरुरी छ । नदैबाट देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको वडाध्यक्ष रावतले बताए ।
नदै गुफा मन्दिर संरक्षण तथा निर्माणका लागि गत वर्ष सङ्घीय सरकारको सर्शत अनुदानबाट ९० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट नदैगुफाको भौतिक संरचना निर्माण, गुफासम्म पुग्नका लागि पदमार्ग निर्माण, धर्मशालालगायत भौतिक संरचना निर्माणका लागि सो बजेट खर्च भएको वडाध्यक्ष रावतको भनाइ छ ।

नदैगुफा दुई सय मिटर लामो रहेको छ । परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी बग्ने गरेको । ऐतिहासिक नदैगुफालाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न पालिका लागिपरेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले पूर्व तयारीका साथ लागेर उक्त गुफालाई विकास गरिने उनको भनाइ छ । पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र नदै गुफासम्म बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई जोड्न गाउँसम्म सडक सञ्जालको पहुँचलाई विस्तार गरे पर्यटनलाई निकै सहज हुने तिला–९ का आमकला थापाले बताए ।

नदैगुफा क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके लोकप्रिय धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्त्वले भरिपूर्ण नदैगुफा पर्यटकको रोजाइमा पर्न सकेको छैन ।

यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके उक्त गुफा जिल्लाकै महत्त्वपूर्ण धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित हुने त्यहाँका स्थानीयवासीको भनाइ छ । नदैगुफालाई थप पहिचान गर्न होर्डिङ बोर्ड, नक्सा निर्माणको काम यस वर्षदेखि गरिने वडा कार्यालयले जनाएको छ । उक्त वडाका पाँच गाउँमध्ये माथिल्लो खोप्री र तल्लो खोप्री गाउँसम्म सडक सञ्जाल जोडिएको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?