ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

नेपाली चलचित्र द्रौपदी चैत ८ गतेदेखि देशभर प्रदर्शनमा आउँदै

२३ फाल्गुन २०८१, शुक्रबार
२३ फाल्गुन २०८१, शुक्रबार

बुटवल, २३ फागुन ।

नेपाली चलचित्र ‘द्रौपदी’ डोल्पाको सामाजिक कथामा आधारित नेपाली चलचित्र द्रौपदी आउँदो चैत ८ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। प्रचार-प्रसारलाई तीव्र बनाउँदै निर्माण टिम देश दौडाहामा निस्किएको छ।

डोल्पाको ग्रामीण परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रले महिला संवेदनासँग सम्बन्धित कथावस्तुलाई उठान गर्दै कर्णालीको मौलिक र विशिष्ट कथालाई उजागर गर्ने प्रयास गरेको छ। शुक्रबार सार्वजनिक भएको चलचित्रको ट्रेलरले द्रौपदी नेपाली ग्रामीण बस्तीको अवस्था र जनजीवनको कथा बोकेको संकेत गर्छ।

चलचित्रमा स्थानीय समुदायले भोग्नुपरेका विभिन्न चुनौतीहरूको यथार्थ चित्रण गरिएको छ। प्रचार-प्रसारको क्रममा निर्माण टिम शुक्रबार बुटवल पुगेको थियो। चलचित्रका निर्देशक तथा कलाकार प्रकाश ज्ञवालीका अनुसार द्रौपदी बहुप्रतीक्षित फिल्म हो, जसको छायांकन डोल्पाको प्रसिद्ध शे-फोक्सुण्डो ताललगायत कर्णालीका विभिन्न रमणीय स्थानमा गरिएको छ। यो फिल्म ऋषिराज आचार्यको निर्देशनमा तयार भएको हो।

“चलचित्रको नाम द्रौपदी धार्मिक जस्तो सुनिए पनि, यसको कथा महाभारतको पात्रसँग सम्बन्धित नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको जीवनसँग जोडिएको छ,” निर्देशक आचार्य भन्छन्। उनका अनुसार चलचित्रले नेपाली समाजको यथार्थ कथा प्रस्तुत गर्नुका साथै नेपालको प्राकृतिक सौन्दर्यलाई पनि दर्शाउनेछ। सामाजिक कथावस्तुमा आधारित द्रौपदी गम्भीर विषय उठान गर्ने महिला संवेदनासँग जोडिएको चलचित्र हो।

अन्तर्राष्ट्रिय दर्शकलाई समेत लक्षित गरी निर्माण गरिएको यस फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी तथा निर्देशक ऋषिराज आचार्य स्वयंको अभिनय रहेको छ। फिल्मको छायांकन कर्णालीका विभिन्न आकर्षक स्थानहरूमा गरिएको छ, जहाँ सदरमुकामबाट तीन दिन पैदल यात्रा गरेर पुग्नुपर्ने शे-फोक्सुण्डो ताल मुख्य छ।

यी दृश्यहरूले दर्शकलाई नेपालका दुर्गम तर अनुपम प्राकृतिक सौन्दर्यको अनुभूति गराउने विश्वास गरिएको छ। निर्माण टिमका अनुसार द्रौपदी ले नेपालको ग्रामीण जीवनलाई वास्तविक रूपमा प्रस्तुत गर्नेछ। निर्देशक आचार्य भन्छन्, “नेपाल काठमाडौँ मात्रै होइन, फिल्म हेर्दा दर्शकले वास्तविक नेपालका दुर्गम भेगहरू देख्न पाउनेछन्।”

यही कारण फिल्ममा नयाँ कलाकारलाई प्रमुख भूमिका दिइएको छ, ताकि पात्रहरूको प्रस्तुति यथार्थपरक देखियोस्। चलचित्रलाई अझ प्रभावशाली बनाउन दुई महिनाको कार्यशाला आयोजना गरेर छायांकन गरिएको हो। “फिल्म हेर्दा दर्शकले बुझ्नेछन् कि, यदि चिनिएका अनुहार समावेश गरिएको भए कथाले न्याय पाउने थिएन,” निर्देशक बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?