ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

निर्वाहमुखी खेती प्रणाली छाड्दै किसानहरु

२३ फाल्गुन २०८१, शुक्रबार
२३ फाल्गुन २०८१, शुक्रबार

बुटवल, २३ फागुन ।

बुटवल १४ सेमलार र मोतीगन्जका किसानहरु परम्परागत र निर्वाहमुखी खेती प्रणाली छाड्दै आधुनिक र ब्यावसायिक खेती प्रणाली अंगाल्न थालेका छन् । बुटवल उपमहानगरको प्राविधिक सहयोगमा खासगरी मकै खेती ब्यावसायिक रुपमा उत्पादन गर्न थालेपछि उनीहरुले बार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

प्रत्येक किसानले १० देखि १७ हजारसम्म लगानी गरेर १ लाख ५० हजारसम्मको मकै उत्पादन गर्न सफल भएको मोतीगन्ज मकै पकेट क्षेत्र विकास समितिका संयोजक तुलसीप्रसाद पौडेलको भनाइ छ । पौडेलले भने—‘हामी आफैले विश्वास गरेका थिएनौं, अहिले बिगतको तुलनामा ३ गुणासम्म बढी मकै फलेको छ ।’

 पौडेलका अनुसार मोतीगन्जका ४१ जना किसानले ३० हेक्टर जग्गामा सामूहिक मकै खेती गरेर सामूहिक रुपमा गतबर्ष ५० लाख र यसबर्ष ६० लाख रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । बुटवल उपमहानगरपालिकाको सहयोगमा बिशेष पकेट क्षेत्र बनाएर ब्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित मकै खेती सुरु गरेका किसानहरुले पहिलेको तुलनामा ३ गुणासम्म उत्पादन बृद्धि हुनुका साथै बार्षिक लाखौं रुपैयाँ आर्जन गर्न सफल भएको अगुवा किसान मुरारी खनालले बताएका छन् ।

प्रविधि र ज्ञान उपलब्ध भएका कारण पहिलेको तुलनामा उत्पादन बृद्धि भएको उनको भनाई छ । रामपुर हाईब्रिड ८, १० र १२ जातका मकैको बिउ प्रयोग गरिएको बताउदै खनालले यो जातको मकै घोंगा र दाना ठुलो हुने, मिठो र स्वादिलो हुने र एकनासको फल्ने भएकाले यसबाट प्रसस्त लाभ लिन सफल भएको बताए ।

मोतीगन्ज टोल विकास संस्थाका अध्यक्ष मुक्तीप्रसाद गैरेले उत्पादनलाई बजारसम्म पुर्याउन कठिनाई हुँदा बिचौलियाहरु चलखेल गरेकोले किसानहरु मर्कामा पर्ने गरेको गुनासो गरेका छन् । किसानहरु आफैले गरेको उत्पादन बजारसम्म पुर्याएर बिक्री वितरण गर्ने गरेको र यसबाट मकैको मूल्य अपेक्षा गरे बमोजिमको पाउने गरेको उनी बताउँछन् । तर बजारसम्म पुर्याउन ढुवानीको साधनको अभाव भएकोले कृषकहरुको हितलाई ध्यानमा राखेर सरकारले बजारीकरणमा समेत सहयोग गर्नुपर्ने माग किसानहरुको छ् । गैरे भन्छन—‘हामी आफैले मकै बजारसम्म पुर्याएर पनि बेच्ने गरेका छौं, यसबाट मकैको मूल्य अपेक्षा गरे अनुरुपको प्राप्त भएको छ ।’

किसानहरुलाई ज्ञान र प्रविधि हस्तान्तरण गरी जमिनको उत्पादकत्व बृद्धि गर्ने र किसानहरुको आम्दानी समेत बढाउने उद्देश्यले मकै विकास कार्यक्रम संचालन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । ३ बर्षअघि एउटा कृषक समूह गठन गरी मकै पकेट क्षेत्र घोषणा गरेर योजना संचालन गरिएको कृषि प्राविधिक सोमन प्रसाद कुर्मीले बताएका छन् । पहिलो वर्ष २० जना मात्र कृषकहरु सहभागी भएकोमा दोश्रो वर्ष ३० जना र तेश्रो वर्ष ४१ जना पुगेको उल्लेख गर्दै उनले उत्पादन बढेसँगै ब्यावसायिक मकै खेतीतर्फ अन्य कृषकहरु पनि आकर्षित भएको जानकारी गराए । ‘हामीले ज्ञान र प्रविधि प्रदान गरेका हौं, अरु सबै किसानहरुको प्रयासमा यो सफलता हासिल भएको हो’—प्राविधिक कुर्मीको भनाइ छ ।

किसानहरुलाई बिउ, मल, औजार र तालिम प्रदान गर्दै आएको बुटवल उपमहानगरपालिकाले उत्पादनलाई बजारसम्म पुर्याउन थप सहयोग गर्नुपर्ने स्थानीयको माग छ । किसानहरुको परम्परागत र निर्वाहमुखी खेती प्रणालीमा सुधार ल्याई ब्यावसायिक मकै खेतीतर्फ आकर्षित गरी उत्पादकत्व र आम्दानी दुवै बृद्धि गर्न यो कार्यक्रम सफल हुने बिश्वास गरिएको छ । साविकको सेमलार र मोतीपुर गाविसका वडाहरुमा किसानको आवश्यकता र माग अनुसार कृषिजन्य उत्पादन बृद्धि र विकासका लागि उपमहानगरले बिशेष योजना र कार्यक्रम बनाएर सुरुआत गरेको नगर प्रमुख खेलराज पाण्डेले बताएका छन् । उत्पादनसँगै क्रमशः बजारीकरणमा पनि सहयोग गर्ने योजना रहेको प्रमुख पाण्डेको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?