Butwal Today

मुख्यमन्त्रीको निर्देशन अटेर गरेपछि चन्द्रपुर सिभिल अस्पतालका सञ्चालक पक्राउ

१९ फाल्गुन २०८१, सोमबार
अ+
अ-

रौतहट ।

मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहको स्पष्ट निर्देशनलाई उल्लङ्घन गर्दै अस्पताल सञ्चालन गर्ने चन्द्रपुर सिभिल अस्पतालका सञ्चालकलाई पक्राउ गरिएको छ।

मुख्यमन्त्री सिंहले गत शनिबार अस्पतालको अनुगमनमा गर्दा सिभिल अस्पताल मापदण्ड विपरीत, दर्ता नगरी सञ्चालनमा रहेको देखेपछि उक्त अस्पताल बन्द गर्न निर्देशन दिएका थिए। उनले लिखित रुपमा पनि अस्पताल बन्द गर्ने आदेश दिएका थिए।

तर, आदेशको उल्लङ्घन गर्दै अस्पताल सञ्चालन गरिएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले अस्पतालका सञ्चालक राजन साहलाई आज बिहान पक्राउ गरेको हो।

डीएसपी राजकुमार राईका अनुसार, साहलाई अहिले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?