Butwal Today

मनकामना दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको गाडी दुर्घटना, एकजनाको मृत्यु

१९ फाल्गुन २०८१, सोमबार
अ+
अ-

गोरखा, १९ फागुन ।

मनकामना दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको भ्यान दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। सोमबार बिहान ११:३० बजे गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा भएको यो दुर्घटनामा १४ अन्य यात्रु घाइते भएका छन्।

दुर्घटनामा १५ जना यात्रु बोकेको भ्यान चितवनबाट मनकामना दर्शनको लागि गएका तीर्थयात्रीलाई लिएर फर्कंदै थियो। दुर्घटना हुँदा भ्यान सडकबाट करिब १५ मिटर तल खस्दा प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार घाइतेहरूको उद्धार गरिएको छ।

‘घटनास्थलमा प्रहरी पुगेको छ र घाइतेको उद्धार गरिसकिएको छ,’ उनले भने, ‘उनीहरूलाई उपचारका लागि तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पताल लगिएको छ।’

मृतक र घाइतेहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीका अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?