© 2026
सन्धीखर्क, १९ फागुन।
सुपा देउराली मन्दिरको आर्थिक प्रतिवेदन सही र तथ्यगत नभएको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले तथ्यांक यथार्थ कर्मचारी राख्न मन्दिर व्यवस्थापन समितिलाई आग्रह गरेका छन्।सन्धिखर्क नगरपालिका वार्ड नं. ७ मा रहेको ऐतिहासिक र प्रसिद्ध धार्मिक तिर्थस्थल सुपा देउराली मन्दिर संरक्षण समितिको १३औं साधारणसभा शुभकामना मन्तव्य राख्दै अर्यालले सहयोग रकम दिएको भन्ने उल्लेख गरिएको तर रकम उल्लेख नभएको भन्दै प्रतिवेदन नै नमिलेको टिप्पणी गरे। बेलाबेलामा यो जिल्लाको महत्वपूर्ण सवालहरूमा प्रश्नहरू उठिरहँदा सुपा देउराली संरक्षण समितिको प्रश्नहरू जिल्लामा उठ्नु एकदमै जरुरी रहेको अर्यालले बताए।
जिल्लाको धार्मिक पर्यटकीय धरोहर भएको हुनाले यसको वार्षिक गुरुयोजना बनाएर त्यही अनुसार काम गर्न आग्रह गरे। सुपा देउराली मन्दिरमा पर्यटकहरू धेरै आउने भएकाले मन्दिरको सरसफाईमा ध्यान दिन आग्रह गर्दै उनले सरसफाईको लागि मात्र छुट्टै कर्मचारी राख्न सुझाव दिए। उनले मन्दिरको आफ्नै साइट चलाउन समेत आग्रह गरे र मन्दिरमा शिलालेख निर्माण गर्न समेत अनुरोध गरे।साधारणसभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सांसद रामजी प्रसाद घिमिरे, अर्घाखाँची जिल्ला समन्वय प्रमुख जीवनारायण कोईराला, हिन्दू धर्म रक्षा परिषदका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए।