Butwal Today

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक 

१९ फाल्गुन २०८१, सोमबार
अ+
अ-

जनमत पार्टीले आगामी आइतबार र सोमबार (फागुन २५, २६) को दिन केन्द्रीय समितिको बैठक बोलाएको छ। सचिवालय बैठकले यो निर्णय गरेको हो।

बैठक महोत्तरीको पावन मिथिला होटलमा बस्ने जनमत पार्टीले जानकारी दिएको छ। यस बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको गतिविधिबारे छलफल हुने छ।

त्यस्तै, मधेस प्रदेश समन्वय समितिको बैठक पनि पावन मिथिला होटलमै बस्ने जानकारी पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?