ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन

९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

रौतहट, ९ माघ।

रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा सेवा बिस्तार भएसँगै उपचार गराउन आउने बिरामीको संख्या उल्लेखनीय वृद्धि भएको छ।

प्रादेशिक अस्पतालमा पहिलो पटक महिलाको आङ्ग खस्ने रोगको सफलतापूर्वक अपरेसन भएको छ।

प्रादेशिक अस्पताल गौरका डाक्टरहरूको टिमले मंगलवार माधवनारायण नगरपालिका-६ की ४९ वर्षीया पार्वती देवीको तेस्रो डिग्रीको आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन गरेको हो।

(3rd degree Uterine prolapse) अस्पतालका सर्जन डाक्टर मुरारी ठाकुर, डाक्टर शम्भु शाह, एनेस्थेसिया गौरीशंकर प्रसाद, स्क्रब नर्स दिव्या ठाकुर, ओटी इन्चार्ज गोदावरी यादव लगायत स्वास्थ्यकर्मीहरूको टिमले Vaginal Hysterectomy सफलतापूर्वक अपरेसन सम्पन्न गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महमद अनवर हासमिले बताएका छन्।

रौतहट जिल्लामा एक मात्र प्रदेश स्तरको अस्पताल प्रादेशिक अस्पताल गौरको उपचारप्रति जिल्ला वासिको विश्वास दिनानुदिन बढ्दै गएकोले शल्यक्रिया लगायत विभिन्न सेवा प्राप्त गर्ने सेवाग्राहीको संख्यामा उल्लेखनीय वृद्धि भएको अध्यक्ष हासमिको भनाइ छ।
प्रादेशिक अस्पताल गौरमा पहिलो पटक आङ्ग खस्ने रोगको अपरेसन भएको र अब यस्तो प्रकृतिको रोगको शल्यक्रिया लगायत पाठेघरको शल्यक्रिया (Total Abdominal Hysterectomy) नियमित हुने सम्पूर्णमा जानकारी गराउँदै अध्यक्ष अनवर हासमिले स्वास्थ्य सेवा लिन जिल्ला बासीलाइ आग्रह गरेका छन्।

बिगतमा रेफरल अस्पतालको रूपमा बनेको प्रादेशिक अस्पताल गौरको पछिल्लो समय प्रायः सम्पूर्ण सेवामा सुधार भएको छ। सेवा सुधार भएसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्यामा वृद्धि भएको छ। हाल दैनिक जसो पाठेघर, एपेन्डिक्स, सिजरियन, हार्दाजोर्नी, लगायत हृदय रोग र क्यान्सर बाहेक १० देखि १५ वटा बिरामीको विभिन्न किसिमका अपरेसन भइरहेका छन्, अस्पताल विकास समितिका अध्यक्ष हासमिले जानकारी दिएका छन्। अस्पतालमा मधेश प्रदेश सरकार र संघीय सरकारबाट विभिन्न किसिमका अत्याधुनिक उपकरण सहयोग भएको उनले बताएका छन्।

प्रादेशिक अस्पताल गौर व्यवस्थित हुँदैजाँदा हाल दैनिक जसो ओपिडीमा पाँच सयभन्दा बढी बिरामी उपचारको लागि आउने गरेका छन्। रौतहट स्थित १८ पालिकामा सरकारी स्तरमा उपचार सेवा दिन एकमात्र प्रादेशिक अस्पताल गौर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?