ट्रेंडिंग:

>> देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना >> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता
सन्दर्भः पृथ्वी जयन्ती

पृथ्वीनारायण शाहको बुटवल यात्रा र ढुङ्गाको तिहुन

२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

पृथ्वीनारायण शाहको जन्म गोरखाका राजा नरभूपाल शाहका माहिली महारानी कौशल्यावतीको गर्भबाट वि.सं. १७७६ पुस २७ गते भएको हो । जेठी महारानी चन्द्रप्रभावतीले पृथ्वीनारायणलाई बाल्य– जीवनमा राम्रो हेरविचार गरी हुर्काइन् । उमेरदार भएपछि पृथ्वीनारायणको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसंग भयो । तर विवाह हुनासाथ छोरीलाई लगत्तै बिदा नगर्ने मकवानीहरूको चलन हुनाले केही काल छोरीलाई बिदा नगर्ने कुरा हुँदा त्यसमा खटपट परी पृथ्वी– नारायणको मकवानीसंग मनोमालिन्य भयो र पृथ्वीनारायण रित्तै घर फर्के । त्यसपछि पृथ्वीनारायणले काशीका रजपूत दयाराम सिंहकी छोरी नरेन्द्रलक्ष्मीसंग दोस्रो विवाह गरे । वि. सं. १७६६ मा राजा नरभूपाल शाहको स्वर्गवास भएपछि पृथ्वीनारायण शाह राजसिंहासनमा बसे । पृथ्वीनारायणका प्रतापसिंह शाह र बहादुर शाह दुई छोरा भए । बहादुर शाहले पाल्पाली राजा महादत्त सेनकी छोरी विद्यालक्ष्मीसङ्ग वि.स. १८४२ मा बिहे गरे । त्यसपछि पश्चिम नेपालकै शक्तिशाली राज्य पाल्पाले बहादुर शाहको पश्चिम तर्फको नेपाल एकीकरण अभियानलाई सघायो । बहादुर शाह शक्तिशाली रहदासम्म सुरक्षित रहेको पाल्पालाई रणबहादुर शाहले पाल्पाली राजा पृथ्वीपाल सेनलाई झुक्काएर काठमाडौं बोलाएर हत्या गरी पाल्पालाई नेपाल राज्यमा मिसाएपछि पाल्पाको स्वतन्त्र राज्यको अस्तित्व अन्त्य भयो ।

सेन राजाहरुले धेरै पहिलेदेखि र दिल्लीका मुगल सम्राटहरुलाई रिझाएर बुटवल र दक्षिणको भूभाग ( तिलपुर र विनायकपुर प्रगन्ना) उपभोग गर्दै आएका थिए । अवधमा नवाबी शासन सुरु भएपछि अवधसंग पाल्पालीहरुले राम्रो सम्बन्ध राखेका थिए । अवधका पहिलो नवाव सआदत अलि खान प्रथम (१६८०–१७३९) राज्यको आर्थिक अवस्थाको बन्दोवस्त मिलाउन गोरखपुर आएको समयमा कसैले बुटवलबाट प्रसस्त आम्दानी हुने गरेको तर पाल्पाले थोरै रकम तिर्ने गरेको बताएपछि ८÷१० हजार सेना सहित बुटवल आएका थिए । पाल्पासँग विवाद हुने अवस्था आएपछि गोर्खाली राजाका भारदार सुल्तान शाह बुटवल आएर नवावसंग वार्ता गरि सम्झौता गराएका थिए । गोर्खालाई कमजोर र गरिब ठान्ने पाल्पाले त्यसपछि मात्र गोर्खासङ्ग समानताको आधारमा दोस्ती गरेको थियो । पछि पाल्पाली राजा गन्धर्व सेनकी छोरी कौशिल्यावतीसङ्ग नरभूपाल शाहको विवाह भएको थियो । यी माहिली रानी कौशल्यावतीबाट पृथ्वीनारायण शाह, दलमर्दन शाह र छोरी पद्मकुमारी भए । यिनै घटनाक्रमले गोरखा राज्य पाल्पा र बुटवलसङ्ग जोडिएको थियो । पृथ्वीनारायण शाहको मावली पाल्पा भएपनि उनको जीवनिमा पाल्पासङ्गको सम्बन्धको बारेमा उल्लेख गरेको पाईदैन । पाल्पा शक्तिशाली राज्य भएकोले पाल्पालाई गोर्खाले जिस्काउन नचाहेको हुनुपर्छ वा पाल्पासँग नाता सम्बन्धले गर्दा पनि गोरखाले निहँु नखोजेको हुनुपर्छ ।

पृथ्वीनारायण शाह १७९९ वैशाख ३ गते गोरखाको राजसिंहासनमा बसे । उनी आफ्नो राज्याभिषेकपछि बनारस भ्रमणमा निस्केका थिए । इतिहासकार बाबुराम आचार्य श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उनी सन् १७४३ अक्टोवर (वि.सं. १८००, असोज÷कात्तिक) तिर बनारस प्रस्थान गरेको अनुमान गरेका छन् । पृथ्वीनारायण शाहको बनारस भ्रमण बाहिरी रुपमा हेर्दा आध्यात्मिक जस्तो मात्र देखिन्छ । उनको भ्रमणको मुख्य उद्देश्य तीर्थस्थलको दर्शन मात्रै थिएन, तत्कालीन राजनीतिक परिस्थितिको विषयमा गहन अध्ययनका साथै युद्धका लागि हतियार खरिद गरी ती हतियारले उपत्यका लगायतका राज्यलाई जितेर राज्यविस्तार अभियानलाई सफल बनाउनुपनि रहेको आचार्यको विश्लेषण छ ।

‘प्राचीन नेपाल’( सङ्ख्या २१, २०२९ कात्तिकः१६)मा उल्लेख भए अनुसार बनारस भ्रमणबाट फर्किदा गोरखपुरको बाटो पाल्पा हुँदै गोरखा पुग्ने पृथ्वी नारायण शाहको योजना थियो । भारतबाट फर्किदा बाटोमा पर्ने एक जगात भन्सार उठाउने चौकीदारले उनको भारी खोल्न कर लगाए । पृथ्वीनारायण शाहले ती कर्मचारीको ब्यवहारबाट आफ्नो अपमान भएको सम्झे । कुरा बढ्दै जाँदा कर्मचारीले हातै छाड्न थालेपछि आफ्ना अङ्गरक्षक लगाएर कटाइदिए । तत्कालीन वनारस राज्य अन्तर्गतको बरुणा चौकीमा भएको यो घटनापछि पृथ्वीनारायण शाहलाई त्यहाँका सुरक्षाकर्मीबाट सुरक्षा चुनौती आउने ठानेर भेष बदलेर पैदल यात्रा सुरु गरे । पछि नागा बैरागी गुण्डादलका एक नाइकेलाई प्रशस्त धन दिने लोभ देखाई गुण्डादलको सहयोगमा पृथ्वीनारायण शाहसहित गोरखाली टोली सुरक्षित रुपमा बुटवल पुग्न सफल भयो ।

प्राचिन नेपाल (सङ्ख्या २१, २०२९ कात्तिक) मा नेपाल देशको इतिहास भनेर पृथ्वीनारायण शाह र उनको टोली बुटवल आएका कुराहरु उल्लेख गरिएको छ । उनको इतिहासमा बुटवल आउने भनेको यही मात्र हो । बुटवल पुगेपछि बुटवलका बजारको तमासा हेर्दै आफ्ना भाइछोरा र थरघरहरूलाई “नेपाल र बुटवल कुन असल छ ?“ भनी पृथ्वीनारायणबाट सोधनी भयो । संगै गएका चन्द्र प्रकाश शाह लगायतले “काशी, काश्मीर, नेपाल भन्ने कहावत चलेको हुनाले नेपाल भनेको नेपाल हो । सकल तीर्थ र देवताहरूले पनि आश्रय गरेका हुनाले त्यहाँको जमिन अपूर्व छ । हजुर नै त्यहाँको राजा हुनु उपयुक्त हुनेछ’ भन्ने लगायतका बिन्ति गरे । सबैको कुरा सुनेर पृथ्वीनारायणले जुधामा ताउ दिदै “नेपाल नमारी छाड्दिन” भने । त्यस दिनदेखि चन्द्र प्रकाश शाह अति नै प्रीतिमात्र बने ।

पाल्पाली राजा हरसाल फागुनका पन्ध्र बीससम्म बुटवलमा बस्ने र घाम ज्यादा चर्केपछि मात्र पाल्पा जाने गर्ने हुनाले उक्तदिन त्यहीं बसेका रहेछन् । श्री ५ ले खरिद गरेको नयाँ पाल बोक्ने मानिस आई नपुग्दा उसको खोजीलाई विराज बखेती गएका थिए । त्यसै बखतमा श्री ५ लाई आलस्य लागि अवेर दिसा गएका थिए । दिसा गर्दा ठूलो शब्द भएको सुन्दा पाल्पाली साहेबहरू (राजकुमार) ले आफ्ना मधिसे रैतीसंग सोधे । उनीहरूले “साना मुलुकका कंगाली राजा कचपच कुरो खान्छन् । खाएपछि पेटमा दर्द हुन्छ ।” भन्ने निन्दित वचन बोलेको पृथ्वीनारायणले सुनेछन् ।

यस्ता पाजी मधिसेहरुको हेला वचन सहें भने बढा काम कसरी गरौंला भन्ने सोची शौचादी कर्म छिटो गरी अंगद द्वारे र चौतारा द्वारेलाई “जाऊ, ती मधिसेलाई काट” भन्ने हुकुम भयो । उनीहरूले ती मधिसेलाई शमशेर चलाई छटाछुट काटे । यसबाट ठूलो हल्ला उठ्दा पाल्पालीहरू धेरै जम्मा भए । अनि गोरखालीहरूलाई आफ्ना हतियार चलाउन लागे । तरवार लिई “जय काली ! जय गोरखनाथ !” भनी पृथ्वीनारायण शाह आफै अगाडि सरे । त्यस लडाईमा कसैको शिर, कसैको बाहू, कसैको कटी दुई टुक्रा भए । यसमा पाल्पालीका साठी असी जना जति खती भए । बुटवलका दोकानदारहरू पनि डरले भागी लुके ।

यस्तो मारकाट भएपछि पाल्पाली साहेबहरुले राजा गन्धर्व सेनलाई घटना बिन्ति गरे । गन्धर्व सेनले हतपत कुराकानी गर्न कुशल दश आठ जना ब्राह्मणलाई खटाई पठाए । तिनीहरूले पृथ्वीनारायण शाह बसेका ठाउँमा गई “भान्जा महाराज हुनुहुदो रहेछ । मामाको शरण पिछा लिइबक्सियोस्” भनी बिन्ती गरे । श्री ५ ले बाहुलीको तरवार मियानमा हाली “आमा कि मामा भन्छन् । मामाजीबाट त्यस्तो हुकुम भएको भए मैले माने ।” भन्ने हुकुम भयो । अनि ती ब्राह्मणहरूले पाल्पाली महाराजसंग गई “हामीले क्षमापन गराई आयौं’ भनी बिन्ती गरे । पाल्पाली राजाले पनि आफ्ना छोरा र मेजमानी सरजामसमेत लिई भेट गरे । कुशलवार्ता हुँदा “हजुरलाई गोरखालीको मेहेर छ । पाल्पा मात्रै के चाहियो ? सकल पहाडखण्ड पुर्वपश्चिम जहाँसम्म मनसुवा गर्नुहुन्छ, त्यहाँसम्म हजुरको तरवार अड्कनेछन भनी पाल्पाली राजाले बिन्ती गरे । अनि दायाँतर्फ भानिजलाई र बायाँतर्फ आफ्ना पुत्रलाई राखी आफ्ना पुत्रलाई देखाउँदै “यसको जानअनजान बिराम क्षमा होओस्” भनी दुई हजार रुपियाँको मेजमानी चढाए । अनि “आजदेखि पाल्पाले गोरखासित इतराजी नगर्नू गोरखालीले पनि पाल्पालीलाई दये राख्नु । यहाँ पनि हाम्रा दूधका लिग हुनुहुन्छ । यो पनि मेरो पुत्र हो । हजुरको र मेरो पुत्रको धर्म बन्देज होवास्”“ भनी बिन्ती गरे । “यो कुरा मामाले बेश हुकुम भयो, मैले पनि माने” भन्ने पृथ्वीनारायण शाहले बिन्ती गरे । उल्लेखित घटनाक्रम हेर्दा पृथ्वीनारायण शाह पाल्पाली राजाका भान्जा भएको देखिन्छ । तर इतिहासकारहरुले रानी कौशिल्यावती गन्धर्व सेनकी छोरी भनी उल्लेख भएकोले गन्धर्व सेनले भान्जा नभनी उनका छोरा युवराज उद्योत सेनले भनेको हुनुपर्छ । युवराज उद्योत सेनसंगको यो भेटपछि श्री ५ पृथ्वीनारायण शाहले आफ्ना राजनैतिक गुरु मानेका थिए । नेपाल एकीकरणको बेलामा उनले बारम्बार आफ्ना मामासङ्ग सल्लाह लिने गरेको दिव्योपदेशमा समेत उल्लेख गरेका छन् ।

त्यसैवेला रघुनाथ भट्टले श्री ५ ले जहाँजहाँ हानमार गर्दै जे जे कीर्ति गरी आएको हो त्यहाँ त्यहाँको सबै कविता बनाई बयान गर्दा श्री ५ ले अतिखुशी भई दोसल्ला र दुई हजारको इनाम दिए । पाल्पाली राजा पाल्पातर्फ गएपछि “बुटवलका मधिसे– लाई त्रास मात्र भयो, आस त केही भएन । राजा भएपछि आसत्रास दुवैथोक दुनियाँमा भएन भने त्यस्ता राजाले कुनै कार्य सिद्ध गर्न सक्दैन” भनी पृथ्वीनारायण शाहले पटना मोहर पैसा फकीर र गरीबगुरुवाहरूलाई लुट गराइदिए । त्यस्तो देख्दा बुटवलका रैतीहरूले दान र पराक्रम सबै गुणमा गोरखाली महाराज अद्वितीय रहेछन् भनी बयान गरे ।

बडा महाराजलाई तिनाउका ढुंगाको तरकारी

पृथ्वीनारायण शाह बुटवलमा बसेको बेलाको एउटा रोचक घटना प्राचिन नेपालमा उल्लेख गरिएको छ । पाल्पालिहरुसङ्ग झडप भएकै दिन उनको समुहले पाल्पाली राजाको मेजमानी नखाई विहानको छाक आफैले खाना तयार गरि खाएका थिए । यसै दिन पृथ्वीनारायण शाहले नित्यकर्महरू सकी ज्यूनार हुँदा यज्ञेश्वर जोसी अज्र्यालले तिहुन तरकारी तयार गर्दा एक थोक नदीका ढुंगा पकाई ढुङ्गा फालेर रस कचौरामा राखेको रहेछ । सो समेत टक्रयाउँदा “माछाको झोल जस्तो छ यो त । के गरेको यस्तो ? तिथ्र्यभोज गरेकै छैन ।” भन्ने हुकुम हुँदा “यो माछाको झोल होइन, नदीका ढुङ्गा पकाई फालेको त्यसको झोल हो” भनी बिन्ती गरे । पृथ्वीनारायण शाहबाट खुशी भई “आजको यस्तो परिश्रम, भोक पनि लागेको, तिहुन तरकारी पनि अति मीठो पकाएछौ । आजको रिझ म केही दिनमा गरुला” भन्ने हुकुम भएछ । केही विद्वानहरुले भान्सेले माछा पकाएर झोल मात्र खान दिएको हुनसक्ने अनुमान गरेपनि तिनाउको स्वच्छ पानीमा ढुंगामा लाग्ने लेउ स्वादिलो भएको र माछाको जस्तो स्वाद भएको हुने बताउछन् । खोलाको लेउ संकलन गरी तरकारी खाने प्रचलन धेरै देशमा छ ।

यो घटनापछि पृथ्वीनारायण शाह तनहुँ हुदै गोरखा गए र केहि समयपछि नै नेपाल एकीकरण अभियान शुरु गरे । उनी दोश्रोपटक पाल्पा वा बुटवल आएको कुनै अभिलेख भेटिदैन । तर विजययात्रामा पाल्पाली मामाको सल्लाह र आशिर्बाद लिएको भने भेटिन्छ । उनीपछि छोरा बहादुर शाहको पाल्पासँग राम्रो सम्बन्ध बन्यो र यो सम्बन्ध नेपाल एकीकरणलाई सतलजसम्म पु¥याउन सहयोगी बन्यो ।

बुटवलका भान्जा उनै बडामहाराज पृथ्वीनारायण शाहको आज जन्मजयन्ती परेको छ । हामी सबैको तर्फदेखी नेपाल एकीकरण अभियानका शुरुवातकर्ता उनै भान्जा पृथ्वीलाई हार्दिक श्रद्धासुमन अर्पण ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?