Butwal Today

नक्कली प्रहरी सक्कलीको फन्दामा

२४ श्रावण २०८१, बिहीबार
अ+
अ-

काठमाण्डौ । सादापोशाक अर्थात घुमुवा प्रहरी भन्दै ठगी गर्ने एक जना पक्राउ परेको छ । रौतहटको चन्दरनिगाहपुरमा प्रहरीले ठगीको आरोप लागेका २४ बर्षीय रमेश साहलाई आज सार्वजनिक गरेको हो । स्थानिय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ बर्षीय रमेश साहलाई सार्बजनिक मुद्धा अन्तर्गत अभद्र ब्यवहार मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताईन ।

गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा वसुल गर्ने योजनामा रहेको भनी ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको थियो ।

सूचना लगत्तै प्रहरी टोलीले आरोपी रमेश साहलाई नियन्त्रणमा लिएर उसले बोकेको झोला चेकजाँच गर्दा सशस्त्र प्रहरीको एकथान तयारी पोसाक समेत बरामद भएको थियो । हाल आरोपी ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?