ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग

१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

लुम्बिनी- लुम्बिनी विकास कोषको हाताभित्र बनाइएको बिहारहरुमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग राख्दै यहाँका व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् ।

लुम्बिनी होटल संघ नेपालले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक लगाउन लुम्बिनी विकास कोषविरुद्ध आन्दोलन गर्ने बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

संघले ‘गरी खान देउ’ भन्ने नाराका साथ आन्दोलन थालेको अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । आन्दोलनका कार्यक्रम अन्तर्गत चैत १५ गतेदेखि माग पूरा नभएसम्म लुम्बिनी विकास कोषको कार्यालय प्रांगणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने, तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने, लुम्बिनीमा उपलब्ध हुन सक्ने बिद्धत वर्गहरुलाई सम्मिलित गरी प्रा. केन्जो टाँगेले तयार गरेको गुरुयोजनामाथि छलफल, विमर्श गरी निचोड सम्बन्धित मन्त्रालयहरुमा बुझाउने ज्ञवालीले बताए । ‘हाम्रा मागहरुमा ऐक्यवद्ध हुने अन्य संघ–संस्थाहरुलाई आन्दोलनमा सहभागी गराउँदै लैजानेछौं ।

त्यसपछि दोस्रो चरणको आन्दोलनको घोषणा गर्नेछौं । ७ दिनसम्म कुनै सुनुवाइ नभए आन्दोलनकारीको भावना र परिस्थितिको भावना र परिस्थिति अनुसार विभिन्न कार्यक्रम गर्नेछौं, ’उनले भने ।

लुम्बिनीका सम्पूर्ण पर्यटन व्यवसायी गर वा मरको स्थितिमा पुर्याउनेहरुले आफूहरुका मागहरुलाई सम्बोधन नगरे वा नगराइए आन्दोलन नरोकिने उनले बताए । ‘बुद्ध जन्मस्थल भएकोले हाम्रा आन्दोलन शान्तिपूर्ण हुनेछ । तर, आवश्यकता र परिस्थितिले माग गरे आन्दोलनमा प्रयोग हुने उपायहरुको प्रयोग गरिनेछ, ’अध्यक्ष ज्ञवालीले भने ।
आन्दोलनले ल्याउने विषम परिस्थितिको जिम्मेवार माग सम्बोधन नगर्ने लुम्बिनी विकास कोष र सम्बन्धित मन्त्रालय हुने उनले बताए ।

सयौं कोठाहरु पर्यटक राख्ने गरी बिहारहरु बनाइएको तथा बिहार र गुम्बा भनिने ठाउँहरु बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना नभइ व्यापारको थलो बनेको उनको भनाइ छ । समस्या समाधानको माग गर्दै गत फागुन २९ गते ७ दिनको समय दिएर ज्ञापनपत्र बुझाइएकोमा अघिल्ला वर्षहरु जस्तै बिहारहरुलाई एक एक थान पत्र बुझाउनुबाहेक कुनै ठोस कदम नचालिएको ज्ञवालीले बताए ।

संघका महासचिव पुरुषोत्तम अर्यालले नियमविपरीत बिहारमा होटल व्यवसाय सञ्चालन गरेको कार्यविरुद्ध १२ वर्षदेखि आफूहरु लड्दै आएको र हालसम्म मागको सुनुवाइ नभएको बताए । उनले अबको लडाई अन्तिम लडाई भएको बताए । बिहार गेष्ट हाउसको रुपमा सञ्चालन गरिदा होटल व्यवसायलाई विस्थापित गर्न खोजिएको बताए ।

पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, उपाध्यक्ष शेखर कार्की, कोषाध्यक्ष किरण प्रसाद कंडेल, कानूनी सल्लाहकार तथा अधिवक्ता प्रख्यात बन्जाडे, चेम्बर अफ कमर्श ९उद्योग व्यापार संगठन, रुपन्देही० लुम्बिनी शाखाका अध्यक्ष कृष्ण बहादुर गुरुङ ९अनिल० लगायतले भनाइ राखेका थिए ।

लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा अहिलेसम्म निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको छ ।

विगतमा राम्रो व्यवसाय सञ्चालनमा रहेको होटलहरुमध्ये गत वर्ष लुम्बिनी वरपर खोलिएको १० भन्दा बढी होटलहरु स्थायी रुपमा बन्द भएको संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । ‘यो वर्ष थप केही होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् । लुम्बिनीको पर्यटकीय वातावरणमा यस्तो संकट यसअघि कहिल्यै देखिएको थिएन, ’उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?