ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
स्व गंगा कुमारी मल्ल स्मृति कप २०८० खुला नकआउट सेभेन ए साईड

आयोजक आर्दशलाई उपाधि

३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

बुटवल, ३० असोज।  बुटवलमा जारी स्व गंगा कुमारी मल्ल स्मृति कप २०८० खुला नकआउट सेभेन ए साईडको उपाधि आयोजक आर्दश युवा क्लबले चुमेको छ । मंगलबार भएको फाईनल खेलमा ह्वाईट लोटस एफसी, सालघारीलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक आर्दशले उपाधि चुमेको हो । उपाधिसंगै आर्दशले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता ह्वाइट लोटस नगद २३ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा आर्दशका सुमित मल्ल सर्वोत्कृष्ट खेलाडी, अनन्त शेख उत्कृष्ट गोलकिपर, ह्वाइट लोटसका प्रवेश गुरुङ सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।

स्व गंगा कुमारी मल्लको स्मृतिमा नाति डिजन मल्ल एवं प्रविण मल्ल मुख्य प्रायोजन, बुटवल उपमहानगरपालिका वडा नं १५ दुर्गा माता भवानी मन्दिर संस्थाको संरक्षकत्व तथा स्व दिलिप पुन (नारायण) स्मृतिमा विष्णु थापा सहप्रायोजन, आदर्श युवा क्लबको आयोजनामा उजेलापुरस्थित खेलमैदानमा भएको खेलको पहिलो हाफ बराबरी भयो । दोस्रो हाफमा भने उत्कृष्ट खेल प्रदर्शन गर्दै आयोजक आर्दशका हिमाल थापाले गोल गरे । यसैगरि आयुष गुरुङले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । खेलमा आर्दशका निर बहादुर थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडाअध्यक्ष शिव राना, निवर्तमान जनप्रतिनिधि डम्बर बहादुर भण्डारी, प्रथम पुरस्कार प्रायोजक भरत बम मल्ल, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, सेमलार खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष प्रेम प्रसाद पौडेल, समाजसेवी शेषनारायण नेपाल,क्लबका पुर्वअध्यक्ष सन्तोषमान सिमागैडा, दोस्रो पुरस्कार प्रायोजक भिम थापा, दुर्गा भवानी विद्यालयका अध्यक्ष कृष्ण प्रसाद भुषाल, समाजसेवी भरत बम मल्ल, क्लबका अध्यक्ष मनिष काफ्ले, उपाध्यक्ष सुजन ठकुरीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरे ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडाअध्यक्ष शिव रानाले खेल विकासमा युवाहरुको योगदान र अगुवाई हुनुपर्ने बताए। लामोसमयपछि आयोजना गरिएको प्रतियोगितालाई निरन्तरता दिने गरि योजना अघि बढ्न सुझाव दिदै पुर्वाधार विकास र खेलाडी उत्पादनमा समेत जोड दिनुपर्ने बताए । प्रतियोगितामा रुपन्देहीसहित दाङ, पाल्पा जिल्लाका गरि २४ टिमले प्रतिस्पर्धा गरेको क्लबका सचिव साजन खातीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?